Sagun Khabar
बैतडीको सिगासकी एक महिला तीन दिनदेखि बेपत्ता 

बैतडी –बैतडीको सिगासकी एक महिला तीनदिन देखि बेपत्ता रहेकी छन् । सिगास गाउँपालिका ९ चुवाकी २४ बर्षीया तारादेवी ढाँट (अधिकारी) शनिबारदेखि बेपत्ता रहेकी उनका श्रीमान दिपक ढाँटले बताए । 

यही कार्तिक २२ गते बझाङको बित्थडचीर गाउँपालिका वडा नम्बर ८ धरानस्थित माइती घरमा गएकी तारा शनिबार माइती घरबाट फर्केकी तर उनी घर नपुगी बाटोबाटै बेपत्ता भएकी जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 

माइतबाट घर फर्कीसकेकी तारा घर नपुगेपछि उनको खोजी गरिदिनका लागि परिवारजनले प्रहरीमा सोमबार निवेदन दिएका छन् । बेपत्ता ताराको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन समेत ताराका श्रीमान दिपक ढाँटले आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update