Sagun Khabar
डडेल्धुरामा ११ जना जुवाडे पक्राउ 

डडेल्धुरा –डडेल्धुरामा ११ जना जुवाडे पक्राउ परेका छन् । गएराति अमरगढी नगरपालिका–१ मौरोडास्थित धर्मराज जोशीको जस्ता पाताले छाएको बाँझो कच्ची घरबाट जुवाडे पक्राउ परेका हुन् । 

जुवातास खेलीरहेको भन्ने बिशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

पक्राउ पर्नेमा अमरगढी नगरपालिका–१ मौरडा बस्ने ४३ वर्षीय ओमप्रकाश जोशी, ६० वर्षीय गणेश चुनारा, २९ वर्षीय पूर्णबहादुर दमाई, ६१ वर्षीय उद्धब सार्की, ४० वर्षीय मनोजदत्त भट्ट र ३३ वर्षीय प्रकाश केसी रहेका नायकले बताए । 

त्यस्तै सोही ठाउँका ४२ वर्षीय तेजबहादुर ऐर, २६ वर्षीय दिपक बिक, ४० वर्षीय सुरेश भट्ट, अमरगढी २ बस्ने ३४ वर्षीय दिनेशराज भट्ट र ३४ वर्षीय दिपक भण्डारीलाई समेत पक्राउ गरिएको छ । 

उनीहरूको साथबाट २१ हजार ३ सय ७९ सहित दुई गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update