Sagun Khabar
डडेल्धुरामा चरेशसहित एकजना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा चरेससहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका–४ माथिल्लो खलंगाका ३५ वर्षीया सुरेश सिलाधर रहेका छन् । 

शंकास्पद रुपमा पैदल हिँडिरहेको अवस्थामा उनको शरीर खान तलासी गर्दा चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए । 

उनको साथबाट एकसय असी ग्राम चरेश बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै उनको साथबाट भिभो कम्पनीको स्क्रिन टच मोबाइल एक थान र तीन हजार रूपैयाँ समेत बरामद गरिएको प्रहरी निरीक्षक नायकले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update