बैतडीमा एक युवक मृत फेला
बैतडी–बैतडीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको मेलौली नगरपालिका ७ ओझागाउँका अन्दाजी ३८ बर्षीय लोकेन्द्र ओझा मृत फेला परेका हुन् ।
सोमबार दिउँसो गाउँकोट भन्ने ठाउँमा कपडा सिलाउन जान्छु भनि हिँडेका ओझा मंगलबार बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।
मेलौली नगरपालिका ७ मङ्गराउ भन्ने स्थानमा सडकबाट करीब ५ मिटर तल ओझाको शव फेला परेको प्रहरीले जनाएको छ । ओझा अपांगता भएका व्यक्ति रहेको बुझिएको छ ।
ओझाको मृत्युको कारण भने खुलेको छैन् । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक केसीकै नेतृत्वमा प्रहरीटोली घटनास्थलतर्फ गएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८० १४:२७
प्रतिक्रिया दिनुहोस्




