बैतडी कारागारका २२ कैदीबन्दीले लगाए दीदीबहिनीबाट टीका
बैतडी –जिल्ला कारागार बैतडीमा रहेका कैदीबन्दीहरुले दीदीबहिनीहरुबाट टीका ग्रहण गरेका छन् । कारागारमा रहेका २२ जना कैदीबन्दीहरुले आफ्ना दीदीबहिनीहरुबाट टीका लगाएको जिल्ला कारागार बैतडीकी प्रमुख धारा भण्डारीले बताइन् ।
कारागारमै पुगेर कैदीबन्दीका दीदीबहिनीहरुले टीका लगाएको भण्डारीले बताइन् । टीका लगाउन पुगेका दिदीबहिनीहरुका लागि कैदीबन्दीहरुलाई पालैपालो बाहिर बोलाएर टीका लगाउने व्यवस्था मिलाएको उनले बताइन् ।
जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर कैदीबन्दी रहेका छन् । २५जनाको क्षमता रहेको कारागारमा अहिले ७२ जना कैदीबन्दी रहेका भण्डारीले बताइन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८० १९:४५
प्रतिक्रिया दिनुहोस्




