बैतडीको एक घरमा आलागी हुँदा ५० हजार बराबरको क्षति
बैतडी –बैतडीको एक घरमा आगलागी हुँदा ५० हजार बराबरको क्षति भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका ७ बाइमका जनकराज जोशीको घरमा शुक्रबार बिहान आगलागी भएको स्थानीय प्रदीपकुमार जोशीले बताए ।
सानो बच्चाले सलाई समातेर खेलीरहेको र सलाईको काँटी कोरेर खाटमुनि फालेपछि आगलागी भएको हो । आगलागीबाट जोशीको कोठमा रहेको फ्रिज, दुई खाट,कफडा लगायत जलेर नष्ट भएका छन् ।
आगलागी हुनेबित्तिकै थाहा पाएका कारण थप क्षति हुन नपाएको जोशीले बताए । स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८० १०:१२
प्रतिक्रिया दिनुहोस्




