Sagun Khabar
मंसिर ४ र ५ गते बैतडीको शिवनाथमा सार्वजनिक बिदा 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिका क्षेत्रभित्र यही मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकास्थित प्रसिद्ध शिवनाथ धाममा लाग्ने मेलालाई मध्यनजर गर्दै सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

अध्यक्षस्तरको निर्णय गर्दै गाउँपालिकाले मंसिर ४ र ५ गते शिवनाथ गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकायहरुमा सार्वजनिक बिदा दिइएको हो । 

जिल्लाको प्रसिद्ध धामको रुपमा रहेको शिवनाथ मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका ठूलो जात्रा लाग्ने गर्दछ । जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ । 

स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गर्दै पालिकाले जात्राको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले बताए । यसअघिका बर्षहरुमा पनि गाउँपालिकाले शिवनाथ जात्राको अवसरमा सार्वजनिक बिदा दिँदै आएको थियो । 

Shibnath1700226241.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update