बैतडी –बैतडीकी एक महिला विगत २० दिनदेखि बेपत्ता रहेकी छन् । जिल्लाको पाटन नगरपालिका–६ कर्णेलीकी २४ वर्षीया सुनिता विक बेपत्ता भएकी हुन् । घरबाट माइत जान्छु भन्दै हिँडेकी सुनिता सोही दिनदेखि सम्पर्कविहिन रहेकी उनका श्रीमान तारा विकले बताए ।
माइत समेत नपुगेको जानकारी आएपछि सुनिताको खोजी गर्दा अहिलेसम्म कतै फेला नपरेकी उनले बताए । बेपत्ता सुनिताको खोजीका लागि इलाका प्रहरी कार्यालय पाटनमा निवदेन आएको प्रहरी निरीक्षक सरोज ठकुराठीले बताए ।
बेपत्ता सुनिता विकका १० वर्षीय छोरा, ८ वर्षीया छोरी र ६ वर्षीय छोरा छन् । श्रीमान तारा विक भारतमा रोजगारी गर्दै आएका छन् । दशैंतिहार मनाउन घर आएका तारा श्रीमति बेपत्ता भएपछि चिन्तित बनेका छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर २, २०८० ०९:३६
प्रतिक्रिया दिनुहोस्