Sagun Khabar
बैतडीको शिवनाथ गाउँपालिकामा सोमबार र मंगलबार दुई दिन सार्वजनिक बिदा 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिका क्षेत्रभित्र सोमबार र मंगलबार सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकास्थित प्रसिद्ध शिवनाथ धाममा लाग्ने मेलालाई मध्यनजर गर्दै सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

शिवनाथ धाममा भोलि र पर्सी जात्रा लाग्ने भएकाले शिवनाथ गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकायहरुमा सार्वजनिक बिदा दिइएको हो । 

जिल्लाको प्रसिद्ध धामको रुपमा रहेको शिवनाथ मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका ठूलो जात्रा लाग्ने गर्दछ । जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ । 

स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गर्दै पालिकाले जात्राको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले बताए । यसअघिका बर्षहरुमा पनि गाउँपालिकाले शिवनाथ जात्राको अवसरमा सार्वजनिक बिदा दिँदै आएको थियो ।

शिवनाथ धामको जात्रालाई स्थानीयहरुले महत्वका साथ लिने गर्दछन् । टाढा–टाढाका आफन्तजनहरु पनि जात्रामा आउने भएकाले भेटघाट र सामाजिक सदभावको जात्राको रुपमा समेत शिवनाथ जात्रालाई लिने गरिएको चन्दले बताए । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update