Sagun Khabar
पाटन प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहीन 

बैतडी –बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहीन बनेको छ । केन्द्रमा कार्यरत मेडिकल अधिकृत डा. अस्मिता नेगीले राजीनामा दिएपछि प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहिन बनेको हो । 

प्राथमिक स्वास्थ्य केन्द्रमा डेढ बर्ष बढी सेवा गरेकी डा. नेगीले आजदेखि लागू हुने गरेर राजीनामा गरेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले बताए । डा. नेगी थप पढाईका लागि जाने भएकाले उनले राजीनामा गरेकी हुन् । 

पाटन नगरपालिकाको डा. नेगीलाई करार सेवामा राखेको थियो । 

पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएपछि पोष्टमार्टम लगायतका अन्य कामहरु रोकिएका छन् । 

चिकित्सकको अभावमा नागरिकलाई सेवा पाउन मुस्किल हुने बताइएको छ । स्वास्थ्य बीमा अन्तर्गतका सेवाग्राही लगायत अन्य बिरामीहरु पनि प्रभावित हुने पाटन प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । 

पाटन नगरपालिकाले करारमा मेडिकल अधिकृत राख्नका लागि अब विज्ञापन आह्वान गर्ने जनस्वास्थ्य निरीक्षक भट्टले बताए । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update