Sagun Khabar
दार्चुला : पस्ती स्वास्थ्यचौकीमा इसीजी र एक्सरे सेवा शुरु 

दार्चुला–दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं ८ स्थित पस्ती स्वास्थ्यचौकीमा एक्सरे र इसीजी सेवा सुचारु भएको छ ।पस्ती स्वास्थ्यचौकीमा एक्सरे र इसीजी सेवा सुचारु भएपछि त्यो क्षेत्रका नागरिकको उपचारमा थप पहुँच पुगेको मालिकार्जुन गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत हेल्थ असिष्टेन्ट रामसिंह खत्रीले जानकारी दिए । दुर्गम क्षेत्रमा गुणस्तरीय प्रयोगशाला सहित सेवा सुचारु भएको उनले बताए । उनले भने ‘मालिकार्जुन गाउँपालिकाको पस्ती स्वास्थ्यचौकीबाट एक्सरे र इसीजी सेवा शुरु भएपछि स्थानीय नागरिकलाई सजिलो भएको छ ।’

गाउँघरकै स्वास्थ्यचौकीमा इसीजी र एक्सरे सेवा सुचारु भएपछि यसकै लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । स्वास्थ्यचौकीलाई पालिकाको आधारभूत अस्पतालको रुपमा स्तरोन्नतीका लागि समेत काम भईरहेको मालिकार्जुन गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

१० शैइयाको अस्पतालका लागि ठेक्का सम्झौता गरेर काम अघि बढीसकेको हेल्थ असिष्टेन्ट खत्रीले जानकारी दिए । अहिले पनि स्वास्थ्यचौकीमा एकजना मेडिकल अधिकृतले सेवा दिईरहनुभएको छ ।

यसैबीच पस्ती स्वास्थ्यचौकीमा सुचारु भएको इसीजी र एक्सरे सेवाको मंगलबार एक कार्यक्रमकाबीच उद्दघाटन गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले सो सेवाको उद्दघाटन गरेका हुन् ।  सोही कार्यक्रममा बोल्दै अध्यक्ष धामीले मालिकार्जुन गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले भने ‘ हामीले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका छौं । नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका छौं ।’

चालु आर्थिक बर्षमा स्वास्थ्य क्षेत्रका लागि पालिकाले १ करोड २० लाख बजेट विनियोजन गरेको अध्यक्ष धामीले बताए । 
 यस्तै मालिकार्जुन गाउँपालिकालाई मंगलबार नै पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । 

गाउँपालिकाभरीका दुई बर्ष मुनिका बालबालिकाहरुले तालिका अनुसार पाउनु पर्ने सबै खोप पाएकाले पालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हेल्थ असिष्टेन्ट खत्रीले बताए । 

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update