Sagun Khabar
कैलालीमा कुटपिटबाट एक युवकको मृत्यु 
Atrya hospital

कैलाली – कैलालीमा कुटपिट एक युवकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट गएराति मृत्यु भएको हो । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका–९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

लम्कीचुहा नगरपालिका–९ घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेक लगायतका व्यक्तिहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका थिए । उनलाई लालरत्न अस्पताल हुँदै उपचारका लागि टिकापुर अस्पताल कैलाली लगिएकोमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update