Sagun Khabar
शिबनाथमा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी बैतडीको शिबनाथ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि शुरु भएको छ । नागार्जुन माबि शर्मालीको खेलमैदानमा प्रतियोगिताको एक कार्यक्रमकाबीच उद्दघाटन गरिएको हो । 

गाउँपालिका अध्यक्ष कर्ण सिंह साउदको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन समारोहमा पुर्चौडी नगरपालिकाका नगर प्रमुख दिपक बम प्रमुख अतिथी रहेका थिए । प्रतियोगिता उद्दघाटन सत्रमा गाउँपालिका उपाध्यक्ष सकुन्तला साउद, वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो । 

यही पौष २६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा पालिकाभरीका ८ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता छ । प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी र एथलेटिक्सका खेलहरु सञ्चालन भइरहेका कार्यक्रमका अध्यक्ष समेत रहेका गाउँपालिका अध्यक्ष कर्ण साउदले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update