Sagun Khabar
स्कटल्यान्डका म्याकमुलेनले फेरि सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाण्डौं –सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ ।

यसअघि एनपीएलको पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाट खेलेका म्याकमुलेनलाई टोलीले तेस्रो संस्करणका लागि फेरि अनुबन्ध गरेको हो ।

टोलीमा फेरि फर्कन पाउँदा उत्साहित रहेको बताउँदै म्याकमुलेनले सुदूरपश्चिम रोयल्ससँगको दोस्रो यात्राका लागि आफू तयार रहेको बताएका छन् ।

सुदूरपश्चिम रोयल्सले यसअघि न्युजिल्यान्डका स्कट कुग्लेइन र इङ्ग्ल्यान्डका सेफ जैबलाई तेस्रो संस्करणका लागि विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।

एनपीएलको तेस्रो संस्करणका लागि फ्रेन्चाइजी टोलीहरूले धमाधम विदेशी खेलाडीहरू अनुबन्ध गरिरहेका छन् ।

एनपीएल आउँदो कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १७:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update