Sagun Khabar
झुलाघाटमा छिटै पक्की पूल बन्छः परराष्ट्रमन्त्री साउद

बैतडी – परराष्ट्रमन्त्री एनपी साउँदले बैतडीको भारतसंग सीमा जोडिएको झुलाघाट महाकाली नदीमाथि  छिटै पक्की पूल बन्ने बताएका छन् । शुक्रबार बैतडीको दोगडाकेदार गाउँपालिका ४ पिपलकोटमा श्रीकेदार सांस्कृतिक महोत्सव तथा व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री साउदले यस्तो बताएका हुन् ।

भारतसंग पछिल्लो समयमा बैतडीको झुलाघाट र डडेल्धुराको परशुरामको मोटेरेबल पुलका लागि अन्तिम छलफल भएको बताए । उनले भने, ‘ दार्चुलाको पक्की पूल,झुलाघाटको पक्की पूल र परशुराममा पुल बनाउने बिषयमा भारतीय पक्षसँग छलफल भएको र जसमध्ये दार्चुलामा पुलको काम चलिरहेको र झुलाघाट र परशुराममा अब छिटै पूलको सिलन्यास हुने छ । ’ 

स्वास्थ्य सन्देश
Atrya hospital

झुलाघाटसम्म दुबै देशले पक्की सडक निर्माण गरिसकेका छन् । गएको साउन महिनामा मात्रै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाटमा पक्की पुल निर्माणको घोषणा गरेका थिए । सोही घोषणा अनुसार पुल निर्माणका लागि भारतीय पक्षले टेण्डर समेत आह्वान गरिसकेको छ । झुलाघाटमा पक्की पुल निर्माण नेपालीको मात्रै नभएर सीमावर्ती भारतीय नागरिकको पनि चाहना रहेको छ ।

करीब दुईसय वर्ष अघि ईष्ट ईण्डिया कम्पनीले नेपाल –भारत सीमा नाका झुलाघाटस्थित महाकाली नदीमा बनाएकोे झोलुगें पुल जीर्ण बन्दै गएपछि बैतडी लगायत सुदूरपश्चिमवासी समस्यामा परेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला भित्रिने झुलाघाट पुरानो प्रवेशद्धार हो । यातायातको सुविधा नपुगेको समयमा सुदूर र कर्णालीका पहाडी जिल्लाका सर्वसाधारणको राजधानी काठमाडौं र भारत पस्ने प्रमुख नाका यही नै हो । अहिले पनि यही नाका भएर दैनिक सैयौं स्थानीय रोजगारको लागि भारतका विभिन्न शहर पस्ने गरेका छन । 

सुदूरपश्चिमका प्रसिद्ध पर्यटकीय धार्मिक स्थलमा भारतको उत्तराखण्ड राज्यबाट हजारौं पर्यटक आउने गरे पनि पुल नहुँदा सास्ती खेप्नु परेको छ । सुदूरपश्चिमका प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्रहरुमा भारतीय दर्शनार्थीहरु आउने गरेका छन् । तर पक्की पुल नहुँदा उनीहरुले समेत सास्ती भोग्नुपरेको छ । अब पुल निर्माण भएमा धार्मिक पर्यटकको संख्या समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

सीमा क्षेत्रमा मोटरेबल पुल नहुँदा सीमा क्षेत्रको व्यापार व्यवसाय समेत सुस्ताएको छ । सीमा नाकामा मोटरेबल पक्की पुल नभएका कारण भरियाले बोकेरै पुल तार्नु पर्ने भएपछि सामान आयात निर्यात पनि महंगोमा हुने गरेको ब्यापारी बताउँछन ।
 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update