Sagun Khabar
पाटन विमानस्थल निर्माणमा करोडौँ खर्चः जिल्लाका सांसद,मन्त्री बेखबर ! टिकटकको रजाई

बैतडी– बैतडीको पाटन विमानस्थल  २६ वर्षपछि २०७७ साल असोजमा सुचारु भएको थियोे । तत्कालिन पर्यटनमन्त्री योेगेश भट्टराइले ७७ असोज १७ गते विमानस्थलको उद्घाटन गरेका थिए । एक वर्ष पनि नचलेर सो विमानस्थल पुनः बन्द हुन  पुगेको हो । अहिले गौचरन बनेको विमानस्थलको ‘रनवे’ मा युवायुवती टिकटक बनाउँछन् ।

२०७७ असोजदेखि २०७८ चैतसम्म) १५÷१६ पटक पाटन विमानस्थलमा उडान गरेको समिट एयरका सुदूरपश्चिम प्रतिनिधि किशोर खड्काले बताए ।  सुरुमा सातामा दुई फ्लाइट गर्ने सेड्युल रहेको भएपनि यात्रु नपुगेपछि एक पटक राखिएको थियो ।    
२०३६ सालबाट सञ्चालनमा आएर फेरि ५१ सालदेखि बन्द रहेको पाटन विमानस्थल पुनः ७७ बाट सुचारु हुँदा यहाँँका नागरिकहरु खुसि भएपनि सेवा नपाउँदा अहिले दुखि भएका छन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको सम्पर्क बिन्दुसमेत रहेको पाटन विमानस्थलमा नयाँ संरचना निर्माण भइसकेका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

तर हवाइ मार्गबाट नागरिकहरुले  सेवा पाएका छैनन् । उद्धघाटनका बेला पर्यटन मन्त्री लगायत जिल्लाबाट निर्वाचित सांसदहरुले उडानलाई निरन्तरताको बातावरण मिलाउने भनेपनि नागरिकहरुले सेवा पाएका छैनन ।

विमानस्थलमा भएको खर्च 

विमानस्थलमा धावनमार्ग र टर्मिनल भवन समेत निर्माण भइसकेको छ । रोयल कन्ट्रक्सन धनगढी कैलालीले टर्मिनल भवन निर्माण गरेको हो । धावन मार्ग यस अघि नै निर्माण गरिएको थियो । ११ कारोड २९ लाखको लगानीमा धावन मार्ग निर्माण भएको  हो भने ५ करोड ६२ लाको  लागतमा टर्मिनल भवन निर्माण गरिएको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार दोस्रो पटक उक्त विमानस्थल सञ्चालनमा ल्याउँदा सरकारले १६ करोड २ लाख रुपैयाँ खर्च गरेको छ । विमानस्थलको पछिल्लो तीन वर्षको कार्यालय सञ्चालन खर्च मात्रै १४ लाख २३ हजार रुपैयाँ छ ।

हवाइ सेवा किन भयो बन्द

धनगढी बैतडी साप्ताहिक रूपमा उडान पनि भएको थियो । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएको भएपनि भाडा महँगोका कारण यात्रु नपाउँदा करिब १ वर्ष देखि हवाइ सेवा बन्द छ । गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो । त्यसपछि उडान भएको  छैन् । पाटनदेखि धनगढी सम्मको १८ मिनेटको हवाइ यात्रामा समिट एयरले भाडा पाँच हजार रुपैयाँ लिने गरेको थियो । हवाइ भाडा महंगो भएकाले यात्रु पाउन छाडेपछि लामो समय देखि हवाइ सेवा बन्द छ ।   
 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update