Sagun Khabar
बैतडीको मेलौलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

बैतडी- बैतडीको मेलौली नगरपालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । मेलौली भगवतिको प्राङ्गणमा पालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो ।  प्रतियोगितामा नगरपालिकाभरीका १२ ओटै माध्यमिक विद्यालयहरुको सहभागिता रहेको  श्री मणिलेक मा.वि. मेलौलीका शिक्षक अर्जुन कुवले जानकारी दिए  । 

प्रतियोगिता अन्तर्गत भलिबल,कबड्डी, एथलेटिक्स लगायतका खेलहरु खेलाइने कुवरले जानकारी दिए । नगर प्रमुख श्री भिम बहादुर चन्द(भुकम्पको) अध्यक्षतामा भएको प्रतियोगिताको उद्दघाटन सत्रमा बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्ष प्रमुख अतिथी रहेका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

उद्दघाटन सत्रमा नगर उप प्रमुख पार्वती बोहरा बिष्ट, भलिबल प्रशिक्षक हरी भण्डारी, मेलौलीका जनप्रतिनिधि, शिक्षक,सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

आज सञ्चालन भएका पाँच ओटा विधा मध्ये छात्रछात्रा १०० मिटर दौड,सटफुट र ८०० मिटर छात्र दौड सम्पन्न भएका छन् । जसमध्ये मणिलेक मा.वि. काँडाले २ स्वर्ण,विशालपूर मा.वि.ले २ स्वर्ण र मा.वि. कोटि गाउँले १ स्वर्ण हात पारेको शिक्षक कुवरले जानकारी दिए ।  कार्यक्रममा कबड्डी प्रशिक्षक बुष्णु दत्त जोशीलाई सम्मान पत्रका साथै दोसल्ला आढाई सम्मान समेत गरिएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update