Sagun Khabar
फेसबुक  एकाउन्ट ह्याक हुने क्रम बढ्दो, ‘स्टोरी’ मा अस्लिल भिडियो तथा फोटो, कसरी बच्ने ?

बैतडी-पछिल्लो समय फेसबुक एकाउन्ट ह्याक हुने क्रम बढेको छ । सामाजिक सञ्जालमा एकाउन्ट ह्याक गरि अस्लिल भिडियो तथा फोटा हरु पोष्ट गर्ने कार्य बढेको हो ।  अधिकांश फेसबुक ह्याक भएर यस्ता नराम्रा पोस्ट भइरहेकोले फेसबुक प्रयोगकर्ता सामाजिक रूपमा बदनाम समेत भइरहेका छन् ।

फेसबुक पेजका माथि देखिने ‘स्टोरी’ मा हरेक दिन कसै न कसैको फेसबुकबाट अस्लिल फोटो पोस्ट भएकै हुन्छ । अस्लिल तस्बिर पोस्ट गर्ने मात्र नभई एकाउन्ट ह्याक गरि पैसा माग्ने वा कुनै लिङ्कमा क्लिक गर्न लगाएर बैङ्क तथा वित्तीय संस्थाका एकाउन्ट पनि ह्याक गर्ने गतिविधि बढिरहेको छ ।  

केही दिनअघिमात्रै आफ्नो फेसबुक एकाउन्ट ह्याक भइ उक्त फेसबुकबाट निरन्तर रूपमा अस्लिल भिडियो तथा फोटोहरु पोस्ट भइरहेका दशरथचन्द नगरपालिका १ का सुरेन्द्र भट्टले बताए । यस्तो घटना पछिल्लो समय निकै बढेकोले यस बाट बच्न सबैमा आग्रह पनि गरे 

स्वास्थ्य सन्देश
Atrya hospital

फेसबुक ह्याक भएको उजुरी अधिकाङ्स आउने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरिक्षक दिपक गिरिले बताए । अहिले यो व्यापक भएको बताउँदै उनले फेसबुक तथा म्यासेन्जरमा आएका जुन पायो त्यही लिङ्क क्लिक नगर्न अनुरोध गरे । 

यस्तै फेसबुकको ‘वाल’ मा आउने ‘न्युज’ हरू आधिकारिक हुन् वा हैनन् यकिन गरेर मात्रै क्लिक गर्न उनको सुझाव छ । कसैको म्यासेजबाट कुनै पनि बहानामा पैसा माग्ने वा ओटिपी कोड मागेमा कुनै पनि हालतमा कसैलाई पनि नदिन अनुरोध गर्दै उनले फेसबुक ह्याक भई समस्यामा पर्नुभएको छ भने तुरुन्तै नेपाल प्रहरीको साइबर ब्युरो अथवा नजिकाको प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत आग्रह गरे । 

यस बाट बच्न आइटी अफिसरहरुले सबैभन्दा पहिले प्रयोगकर्ताले फेसबुक रिकभरी इमेल र मोबाइल नम्बरलाई सुरक्षित गर्नु पर्ने बताएका छन् । फेसबुकको सेटिङमा गएर त्यसलाई पुनः अपडेट गरि रिकभरी इमेल र मोबाइल नम्बर प्रयोगकर्तासँग सुरक्षित भयो भने जो कसैले अरूको फेसबुक ह्याक गर्न नसकिने ब्यूरोका प्रवक्ता पशुपती कुमार रायले बताए  ।

दिन प्रतिदिन बढ्दो साइबर अपराधले प्रहरी समेत हायलकायल छ । साइबर ब्यूरोमा आउने उजुरीमध्ये ८० प्रतिशत सामाजिक सञ्जालको दुरुपयोग सम्बन्धि रहने गरेका छन् । यस्ता गतिविधिबाट पीडित हुनेमा २५ देखि ३५ वर्ष उमेर भित्रका किशोरी र महिलाहरु रहेका छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा १० हजार बढी साइबर अपराध सम्बब्धी उजुरी ब्यूरोमा दर्ता भएका छन् । ब्यूरोका प्रवक्ता पशुपती कुमार रायका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा अकाउन्ट ह्याक सम्बन्धी ५ हजार २ सय ८८ वटा उजुरी परेका छन् भने नक्कली अकाउण्टबाट दुख दिएको १ हजार ५१ वटा उजुरी रहेका छन् । यस्तै, सामाजिक सञ्जालमार्फत भएका आर्थिक अपराधका १५ सय ४५ वटा उजुरी परेका छन् । ब्यूरोले ४५ वटा अपराधमा मुद्दा अघि बढाएको छ ।  

सामाजिक सञ्जालहरुको बढ्दो प्रयोग र प्रभावको यो समयमा साइबर अपराधलाई निमिट्यान्न पार्न संभव हुँदैन । इन्टरनेटमार्फत हुने ठगीदेखि साइबर अपराधका सबैखाले घटनालाई न्युनिकरण मात्रै गर्न सकिन्छ । त्यसका लागि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु स्वयं सचेत हुनु जरुरी छ भने साइबर अपराध सम्बन्धि जनचेतना जगाउनु पनि उत्तिकै जरुरी छ ।


 
 

 
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update