Sagun Khabar
दार्चुलामा ओखर रोपेको तीन महिनामा फलेपछि ...

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं ५ वसनढुंगामा किसानहरुले गत माघमा रोपेको टर्की जातको ओखरले फल दिन थालेको छ । रोपेको तीन महिनामै ओखरको बिरुवामा फल लागेको कस्तुरी कृषक समूहका अध्यक्ष दीपक साउँदले जानकारी दिए । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइ दार्चुलाको सहयोगमा ५० प्रतिशत अनुदानमा किसानहरुले टर्की जातको ओखरको बिरुवा रोपेको उनले बताए । उनले भने ‘हामीले तीन महिना अघि टर्की जातको ओखरको बिरुवा रोपेका थियौं । तीन महिनामै फल दिन थालेको छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

समूहका किसानहरु सबैले एकसय बिरुवा टर्की जातको ओखर रोपेको र ९० प्रतिशत बिरुवाले फल दिन शुरु गरेको साउँदले बताए  । रोपेको तीन महिनामै ओखरले फल दिन थालेपछि किसानहरु खुसी भएका छन् । 

यो बर्षको फल भने उनीहरुले टिपेर फाल्ने किसानले बताएका छन् । ओखरको बोट सानै भएकाले फल थेग्न नसक्ने हुँदा फल टिपेर फाल्ने किसानहरुले जनाएका छन् । 

समूहमा १७ जना किसान आवद्ध रहेका र उनीहरु सबैले ओखरको बगैंचा स्थापनाका लागि टर्की जातको ओखरको बिरुवा रोपेको साउँदले जानकारी दिए ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update