Sagun Khabar
बैतडीका थप तीन स्थानीय तहमा खेलकुद समिति विस्तार 

बैतडी –बैतडीका थप ३ स्थानीय तहमा खेलकुद समिति बिस्तार भएको छ । जिल्ला खेलकुद समितिको बैठकले पुर्चाैडी नगरपालिका, डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा खेलकुद समिति बिस्तार गरेको जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए । 

पुर्चाैडी नगरपालिकाको नगर खेलकुद समिति अध्यक्षमा अमिर ओड चयन भएका छन् । सदस्यहरुमा गणेशबहादुर धामी, अनिता धनुषे र गणेशबहादुर कुवँर चयन भएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

डिलाशैनी गाउँ खेलकुद विकास समितिको अध्यक्षमा विरेन्द्र बहादुर बोहरा चयन भएका छन् । उक्त समितिको सदस्यहरुमा कल्पना राना, लवराज धामी र मदन नाथ चयन भएका जिल्ला खेलकुद समितिका अध्यक्ष भण्डारीले बताए ।

यस्तै पञ्चेश्वर गाउँ खेलकुद विकास समिति अध्यक्षमा नवीन भण्डारी चयन भएका छन् । उक्त समितिको सदस्यहरुमा बलबीर जोशी, राकेश चन्द र रेनु चन्दलाई चयन गरिएको भण्डारीले बताए । खेलकुदको क्षेत्रमा लामो समयदेखि आवद्ध भएका व्यक्तिहरुलाई समितिमा राखिएको अध्यक्ष भण्डारीले बताए । 

जिल्लाको पाटन नगरपालिका र मेलौली नगरपालिकामा यसअघि नै खेलकुद विकास समिति गठन भएका थिए । बाँकी रहेका पाँचओटा स्थानीय तहमा पनि छिट्टै खेलकुद समिति विस्तार गरिने अध्यक्ष भण्डारीले बताए । 
 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update