Sagun Khabar
समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा, श्रीलंकासँग खेल्ने

काठमाण्डौं –एसियन गेम्सअन्तर्गत टी– २० आई प्रतियोगितामा नेपाल समूह ‘ए’ को विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज जापानसँगको खेल वर्षाले रोकिँदा नेपाल समूह विजेता बनेर क्वार्टरफाइलनमा प्रवेश गरेको हो । अब नेपालले क्वार्टरफाइनलमा श्रीलंकासँग खेल्नेछ ।

प्रतियोगितामा नेपाल अफगानस्तान र जापानसहित समूह ‘ए’ मा थियो । पहिलो खेलमा नेपालले अफगानस्तानलाई पराजित गरेको थियो भने जापानसँगको खेलमा अंक बाँढ्यो । यसरी नेपाल ३ अंकसहित समूह विजेता बनेको हो ।

समूह उपविजेता बनेको अफगानस्तान २ अंक रहेको छ भने जापानको १ अंक छ ।

आज वर्षापछि नेपाल र जापानबीचको खेल १५ ओभरमा झारिएको थियो । त्यस क्रममा नेपालले पहिला ब्याटिङ गरेर जापानलाई १५० रनको लक्ष्य दिएको थियो । तर, पुनः वर्षा हुँदा जापानले जवाफी ब्याटिङ गर्न पाएन ।
 

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  ०८:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update