बैतडी–नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत बैतडीमा शुक्रबार क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दुवै प्रदेश सभा क्षेत्रमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको कांग्रेस बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्दले जानकारी दिए ।
प्रदेश सभा क्षेत्र नं (क)मा गणेशबहादुर गडालको नेतृत्वमा १८ सदस्यीय नयाँ क्षेत्रीय कार्यसमिति चयन भएको छ । उक्त समितिको उपसभापतिमा जयसिंह बिष्ट, सचिवमा अमर धामी, सहसचिवमा अमर बोहरा, महिला सहसचिवमा भागरथी बिष्ट लगायत अन्य सदस्यहरु चयन भएका छन् ।
यस्तै प्रदेश सभा क्षेत्र नं (ख)मा लोकराज भट्टको नेतृत्वमा नयाँ क्षेत्रीय कार्यसमिति चयन भएको छ । उक्त समितिको उपसभापतिमा सुदर्शन बोहरा, सचिवमा महेशराज भट्ट, सहसचिवमा लोकेन्द्रबहादुर चन्द, महिला सहसचिवमा लीला गुरु लगायत अन्य सदस्यहरु चयन भएका छन् ।
यस्तै १५ औं महाधिवेशन अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधि पनि निर्विरोध चयन भएका निवर्तमान क्षेत्रीय सभापति शिवराज भट्टले बताए ।
महाधिवेशन प्रतिनिधिमा चतुरबहादुर चन्द, केशवबहादुर चन्द, विष्णुदत्त जोशी, नरेन्द्रप्रसाद भट्ट, गौरीसिंह रावल, कृष्णसिंह ठगुन्ना, खगेन्द्रसिंह धामी, हरिसिंह धामी, कर्णसिंह साउँद, दशरथ चाड, प्रेमबहादुर चन्द, ईश्वरदत्त भट्ट, पूर्ण बोहरा, नरेन्द्र साउँद, शिवराज भट्ट,गजेन्द्रबहादुर चन्द, दिपेन्द्रबहादुर चन्द र नरेन्द्रसिंह थापा चयन भएका छन् ।
यस्तै कौशिला चन्द, मीना चन्द, जानकी भट्ट,कुष्मा चन्द, प्रेरणा थापा, द्रोपती चन्द, वसन्ती बम, राजु भट्ट, हरिश बोहरा, भागरथी भट्ट र दिपेन्द्र ढुङ्गाल पनि महाधिवेशन प्रतिनिधि चयन भएका नेपाली कांग्रेस बैतडीले जनाएको छ । यस्तै क्षेत्रीय सभापति र पालिका सभापति पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको छ ।
यस्तै प्रदेश महाधिवेशन प्रतिनिधि पनि निर्विरोध चयन भएका बताइएको छ । दुवै प्रदेश सभा क्षेत्रबाट २४÷२४ जना प्रदेश महाधिवेशन प्रतिनिधि चयन भएका निवर्तमान क्षेत्रीय सभापति भट्टले बताए ।




