Sagun Khabar
आज रामनवमी पर्व मनाइँदै 

बैतडी–आज रामनवमी पर्व मनाइँदै छ  । चैत शुक्ल नवमीका दिन देशभर भगवना रामको पूजा आराधना गरी रामनवमी मनाइँदै छ । आज रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्ड जारी गरिएकाले भक्तजनले राम मन्दिरमा भौतिक दूरी कायम गरी पूजा, आराधना एवं दर्शन गर्नेछन् ।

त्रेतायुगमा अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको पुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान रामको जन्म भएको विश्वास गरिन्छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

बैतडीको सुर्नया ६ स्थित रामजानकी मन्दिरमा पनि आज रामनवमी अवसरमा भक्तजनहरुको घुइँचो लागेको छ । हरेक बर्ष रामनवमीको दिन सो मन्दिरमा पूजाआजा हुने गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update