Sagun Khabar
बैतडीमा चितुवाले एकै किसानका १५ बाख्रा मार्यो 
फाइल फोटो

बैतडी–बैतडीमा चितुवाले एक किसानले पालेका १५ बाख्रा एकैदिन मारेको छ । जिल्लाको सिगास गाउँपालिका वडा नं ५ ढुंगाड गजेलीका लालबहादुर धामीले पालेका १५ बाख्रा चितुवाले मारेको हो । 

धामीले सञ्चालन गरेको मिलन बाख्रा फार्ममा बिहीबार राति चितुवा पसेर बाख्रा मारेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 

Atrya hospital

रातिको समयमा फार्मको झ्यालबाट छिरेर चितुवाले बाख्रा मारेको हो । चितुवाले १२ ओटा बाख्रा मारेर फार्ममै छाडेको र ३ ओटा बाख्रा फार्ममा नभेटिएका उनले बताए । 

चितुवाले बाख्रा फार्म नै खाली हुने गरेर बाख्रा मारेपछि धामीलाई ७ लाख बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update