Sagun Khabar
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी मेलौलीले जित्यो
Atrya hospital

बैतडी- बैतडीको मेलौलीमा सम्पन्न १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी मेलौलीले जितेको छ ।मेलौलीको भगवती मन्दिर प्राङ्गणमा माघ २६ गतेदेखी जारी रनिङ शिल्डको उपाधी मेलौली नगरपालिकाले जितेको  हो । मेलौली नगरपालिकाले १४ स्वर्ण, ६ रजत र ४ कास्य प्राप्त गरेको छ । द्धितिय स्थान हासिल गरेको पुर्चौडीले ६ स्वर्ण, ३ रजत र ६ कास्य प्राप्त गरेको छ ।

तृतीय स्थान हासिल गरेको दोगडाकेदार गाउपालिकाले ६ स्वर्ण, ३ रजत र ५ कास्य प्राप्त गरेको छ पाटन नगरपालिकाले ५ स्वर्ण ९ रजत र १ कास्य प्राप्त गरेको छ । सिगास गाउँपालिकाले ५ स्वर्ण १ रजत १ कास्य प्राप्त गरेको छ । शिवनाथ गाउँपालिकाले २ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गरेको छ । दनपाले स्वर्ण २, १३रजत र १२ कास्य प्राप्त गरेको छ ।

डिलासैनी गाउँपालिकाले १ स्वर्ण, ५ रजत र ८ कास्य प्राप्त गरेको छ । सुर्नया गाउँपालिकाले १ स्वर्ण र ४ कास्य प्राप्त गरेको छ । पन्चेश्वर गाउँपालिका पदक बिहिन बनेको छ । गत वर्ष पनि मेलौलीले प्रतियोगिताको उपाधी जितेको थियो ।  

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update