Sagun Khabar
दनपाका खेलाडीले निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा सरसफाइ गरे 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएर फर्केका दशरथचन्द नगरपालिकाका खेलाडीहरुले देहीमाण्डौंस्थित निङ्गलाशैनी खेलमैदानमा सरसफाइ गरेका छन् । 

मंगलबार खेलाडीहरुले खेलमैदानमा सरसफाइ गरेका हुन् । यसअघि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि मेलौली पुगेका बेला पनि दनपाका खेलाडीहरुले मेलौली खेलमैदानमा समेत सरसफाइ गरेका थिए । 
प्रतियोगिताभरी दनपाको टीम अनुशासित टीमको रुपमा चिनिएको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए । प्रतियोगितामा नगरपालिकाले सबैभन्दा बढी २७ पदक जितेको उनले बताए । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दशरथचन्द नगरपालिकाको टीमले २ स्वर्ण, १३ रजत र १२ कास्य गरेर २७ पदक हात पारेको थियो । 
 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update