Sagun Khabar
प्रजातन्त्र दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता हुने 

बैतडी –बैतडीमा प्रजातन्त्र दिवसको अवसरमा खुल्ला तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रजातन्त्र दिवस जिल्लास्तरीय मूल समारोह समितिको आयोजनामा यही फागुन ६ गतेदेखि प्रतियोगिता सञ्चालन हुने भएको हो । 

जगन्नाथ ब्याडमिन्टन हल गढीमा हुने प्रतियोगितामा सहभागी हुने इच्छुक टीमहरुलाई शनिबार सम्म टीम दर्ता गरिसक्न आग्रह गरिएको ब्याडमिन्टन प्रतियोगिता सञ्चालन समितिका सदस्य गोपालप्रसाद भट्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

५० बर्षमाथिका खेलाडीहरुका लागि भेट्रान प्रतियोगिता र ५० बर्ष मुनिका खेलाडीहरुका लागि खुल्ला प्रतियोगिताको आयोजना गरिन लागेको हो । 

तीनदिन सम्म सञ्चालन हुने प्रतियोगिताका विजेताहरुलाई पुरस्कार समेत प्रदान गरिने  समिति सदस्य भट्टले बताए । प्रजातन्त्र दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिताका साथै अन्य कार्यक्रमहरु तय गरिएको प्रजातन्त्र दिवस जिल्लास्तरीय मूल समारोह समितिले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update