
बैतडी- बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरवपालिका वडा नं ४ जर्गका ३० वर्षिय बिष्णु लोहारको मलेसियामा मृत्यु भएको हो ।
शुक्रबार राति कोठामा सुतेका उनी शनिवार बिहान मृत फेला परेका बताइएको छ । आफन्त स्रोतका अनुसार उनी मलेसियाको पेनाङ राज्यको जेसीवाइसी कम्पनीमा काम गर्दथे। ६ वर्ष मलेसियामा काम गरेर घर आएका उनी यो वर्षको दशैँ मनाएर फेरी वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए ।
मलेसियामा ६ बर्ष कामगरेर गत असोज महिनामा घर फर्केका बिष्णुलाई कम्पनीबाट कामको लागि खबर आएपछि आफ्नो ब्रतबन्ध गरेर पुनः मलेशिया गएका थिए । अर्कोपटक घर आउदाँ बिहेगर्ने सोच बनाएर पैसा कमाउन वैदेशीक रोजगारिमा गएका बिष्णु कहिल्लै नआउने गरि अस्ताएपछि गाउँनै शेकमा डुबेको छ ।
उनको मृत्युको कारण खुल्न सकेको छैन् । बिष्णुको शव नेपाल ल्याउनका लागि अहिले पहल भइरहेको आफन्त एवं दशरथचन्द नगरपालिका वडा नं ४ का वडा सदस्य देव राम लोहारले बताए ।