Sagun Khabar
कञ्चनपुरमा मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु 

कञ्चनपुर –कञ्चनपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिहीबार से१प ७४६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका –१० का ७३ वर्षीय राम खुनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका खुनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहीबार राति नै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । खुनासंगै हिँडिरहेकी उनकी श्रीमती विष्णू खुना गम्भीर घाइते भएकी छिन् ।  उनको मायामेट्रो अस्पतालमा उपचार भईरहेको छ ।

मोटरसाइकल चालक वेदकोट नगरपालिका –५ का २६ वर्षीय धन बहादुर ओखेडालाई मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update