Sagun Khabar
बैतडीमा एमाले अधिवेशनको सरगर्मी, १० ओटै पालिकाबाट सर्वसम्मत प्रतिनिधि छनोट 

 बैतडी–नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले बैतडीले अधिवेशनका लागि प्रतिनिधि छनोट गरेको छ । नबौँ जिल्ला अधिवेशनका लागि शनिबार एमाले बैतडीले १० ओटै पालिकाबाट प्रतिनिधि छनोट गरेको हो । अधिवेशनका लागि सबै पालिकाबाट सर्वसम्मत प्रतिनिधि छनोट भएका एमाले बैतडी प्रचार तथा प्रकाशन विभाग प्रमुख लोकबहादुर भण्डारीले जानकारी दिए ।

अधिवेशनका लागि सबै वडाबाट ६ सय  बढी प्रतिनिधि छनोट भएका उनले  बताए । ७५ संगठित सदस्य बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट भएका र  दलित संगठित सदस्यबाट ४० जना बराबर  एक महिलासहित तीन जना प्रतिनिधि छनोट भएका बताइएको  छ।

 प्रतिनिधि छनोटसँगै बैतडीमा एमाले अधिवेशनको   सरगर्मी बढेको छ। आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका र अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको जनाएको छ ।

अधिवेशनबाट नेतृत्व लिनका लागि नेताले तयारी थालिसकेका छन् । यहि फागुन २८ र  २९ गते  हुने अधिवेशनको  तयारी तीव्र  पारिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख   भण्डारीले बताए । अधिवशेनबाट सर्वसम्मत नेतृत्व चयन हुने एमाले बैतडीले जनाएको  छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update