Sagun Khabar
भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

बैतडी–बैतडीको पाटन नगरपालिका ४ भुमेश्वर सञ्चालन भएको खुल्ला भलिबल प्रतियोगिताको उपाधि आयोजक पाटन नगरपालिका वडा नं ४ को वडास्तरीय युवा क्लबले हात पारेको छ । 

फाइनलमा पाटन युवा क्लबलाई पराजित गर्दै वडास्तरीय युवा क्लबले उपाधि हात पारेको हो । उपाधिसंगै उसले नगद २० हजारसहित ट्रफी र मेडल प्राप्त गरेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै प्रतियोगितामा दोश्रो भएको पाटन युवा क्लबले नगद १० हजारसहित ट्रफी र मेडल प्राप्त गर्यो । 

बुधबारदेखि सञ्चालन भएको प्रतियोगिता बिहीबार सम्पन्न भएको हो । 

वडास्तरीय युवा क्लबका अध्यक्ष अमरप्रसाद भट्टको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा पाटन नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपकसिंह बिष्ट प्रमुख अतिथी रहेका थिए । 

स्थानीयस्तरमा रहेका खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने र नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो । वडा कार्यालयको आर्थिक सहयोग र पाटन नगरपालिका वडा नं ४ को वडास्तरीय युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update