Sagun Khabar
निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै उनका आमाबुवाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । आइ निर्मलाका बुवा यज्ञराज पन्त र आमा लक्ष्मी पन्तले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । 

ज्ञापनपत्र बुझाउँदै निर्मलाका बाबु यज्ञराज पन्तले देशमा नयाँ प्रधानमन्त्री आएकाले न्यायको आशा पलाएको बताए । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन बर्ष पूरा भएपनि अझै पनि हत्यारा पत्ता लगाउन सकिएको छैन् ।

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update