Sagun Khabar
भारतको गोवामा हराएकी मेयर हमालकी छोरी सम्पर्कमा 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीको धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालकी जेठी छोरी आरती हमाल भारतको गोवामै भेटिएकी छन् ।  छोरी सम्पर्कमा आएको र स्वास्थ्य अवस्था कमजोर रहेको हमालले सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिएका छन् । 

आरती ध्यानका लागि केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् । केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी छोरी अस्तिदेखि सम्पर्कविहीन भएको भन्दै मेयर हमालले खोजीको लागि सहयोग गर्न आग्रह गरेका थिए । 
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update