Sagun Khabar
कक्षा ८ को नतिजा निल आएपछि बैतडीमा एक प्रधानाध्यापकले दिए राजीनामा ।

बैतडी- कक्षा ८ को नतिजा निल आएपछि बैतडीको एक विद्यालयका प्रधानाध्यापकले राजिनामा दिएका छन । 

बैतडीको पाटन नगरपालिका–१ शिद्धेश्वर मावि मेल्चोराका प्रधानाध्यापक प्रकाश लुहारले राजीनामा दिएका हुन ।

स्वास्थ्य सन्देश
Atrya hospital

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष हिक्मत सिंह रावल समक्ष राजिनामा बुझाएका लुहारको राजीनामा आईतबार नै स्विकृत गरेको बिद्यालय स्रोतले जनाएको छ ।

नगर स्तरिय परिक्षामा कक्षा ८ मा शूल्य नतिजा आएको छ भने कक्षा १ देखी ९ सम्म ८ बाहेक वडा स्तरिय परिक्षामा जम्मा १ सय २७ जना मध्ये २२ जना मात्र उर्तिण भएका छन् ।

नगर शिक्षक तथा स्वमंसेवक शिक्षकले अध्यपन गराइरहेको बिद्यालयको भन्दा रिजल्ट कमजोर आएपछि प्र.अबाट राजीनामा दिएको शिक्षक लुहारले बताए । कक्षा ८ मात्र नभइ १ देखी ९ सम्मकै नतिजा अपेक्षाकृत नआएकाले राजीनामा दिएको उनले बताए ।

लुहारको राजीनामा पछि बिद्यलाय व्यवस्थापन समितिले शिक्षक उद्धव भट्टराईलाई अहिलेका लागि निमित्त प्र.अको जिम्मा दिएको छ भने ७ गते भित्र नयाँ प्र.अ नियुक्त गर्ने विद्यालयले जनाएको छ  

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update