Sagun Khabar
बैतडीमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु 

बैतडी- बैतडीमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका वडा न.१ को कार्यालय नजिक आइतवार (आज) गुड्दै गरेको ट्याक्टरले किच्दा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको हो ।  

गुड्दै गरेको ट्याक्टरको पछाडीको टायरमा च्यापिएर सोही ठाउँ बस्ने अन्ताजी २५ बर्षिय नरेन्द्र प्रसाद भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

आइतवार बसन्तपुर तुफानडाडा बर्म बाट सिमार तर्फ गइरहेको सु.प.प्र ०१००२ त ४६८६ नम्बरको ट्याक्टरका ढालामा सवार भट्टको एक्कासी  खसेर पछाडीको टायरमा च्यापिएर घटना स्थलमै मृृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 

घटना स्थलमा ईलाका प्रहरी कार्यालय पाटनको टोलिले चालक र घटनाको बारेमा थप अनुसन्धान गरिरहेको र ट्याक्टर नियन्त्ररणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update