Sagun Khabar
बैतडीमा झण्डै एक सय एघार हेक्टर वन अतिक्रमण 


बैतडी- बैतडीमा झण्डै एक सय एघार हेक्टर वन क्षेत्र अतिक्रमण भएको पाइएको छ । डिभिजन वन कार्यालय बैतडीले सङ्कलन गरेको तथ्याङ्कअनुसार  जिल्लाभित्र १ सय १०.४०  हेक्टर वन तथा सार्वजनिक जग्गा अतिक्रमण भएको पाइएको हो ।

जिल्ला वन कार्यालयको तथ्याङ्क अनुसार मुक्त कमैया,मुक्त हलिया,सुकुम्वासी वाढी पिडित व्याक्तिहरुले भन्दा पनि पावर वाला हरुले व्यवसाय लगायत अन्य प्रयोजनका लागी वन क्षेत्र अतिक्रमण गर्ने गरेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

हाल सम्म जिल्लामा यस्ता ३ सय परिवारको हाराहारिमा वन अतिक्रमण गरि बसेको तथ्याङ्कमा उल्लेख छ । जिल्ला वन कार्यालयको तथ्याङ्क अनुसार व्यक्ति विशेषबाट भन्दा पनि तोकिएको मापदण्ड पूरा नगरी वन क्षेत्रमा विभिन्न किसिमका भौतिक पूर्वाधार निर्माण गरी संस्थागत अतिक्रमण बढ्दो रहेको देखिन्छ । तर, राजनीतिक दबाब र सरकारी लाचारीपनले सामुदायिक वन क्षेत्रभित्र एक–दुई हुँदै थपिएका घर–संरचनाले बजारको रूप लिँदासमेत हटाउने प्रयास भने नभएको देखिन्छ ।

कम मूल्यका सामुदायिक वनको जमिनबाट हट्न केही स्थानीय आफै तयार भए पनि मुख्य बजार बसेको राजमार्ग आसपासका क्षेत्रमा भने बसोबास झनझन् बाक्लिँदै गएको छ । वनको जमिनमा कच्ची मात्र नभएर धमाधम पक्की संरचनासमेत थपिने क्रम जारी नै रहे पनि नियन्त्रण हुन सकेको छैन ।  

वन अतिक्रमण नियन्त्रण गर्ने दायित्व केवल डिभिजन वन कार्यालयको मात्रै नभएर सम्बन्धित समुदाय,स्थानीय तहको पनि उत्तिकै दायित्व रहने देखिन्छ । वन क्षेत्रको उचित व्यवस्थापन गर्नसके वातावरणको संरक्षण भएर भु—क्षयको रोकथाम,सिमसार क्षेत्र पुनस्थापना,वनको पुनस्र्थापना हुने र वन्यजन्तुको वासस्थानको संरक्षण भएर जैविक विविधतामा समेत सहयोग पुग्ने गर्दछ ।  

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update