Sagun Khabar
बैतडीको खोड्पेमा सार्वजनिक शिक्षाका मुद्धाहरुमा नागरिक समाजको भेला तथा प्रदर्शन

बैतडी -बैतडीको खोड्पेमा सार्वजनिक शिक्षाका विभिन्न मुद्धाहरुमा नागरिक समाजले भेला तथा प्रदर्शन गरेका छन् । सोमबारबाट (आज) सुरु भएको शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०२४ को अवसरमा नागरीक समाजले खोड्पेमा ¥याली निकालेको हो । 

तीनै तहका सरकारसंग निःशुल्क, गुणस्तरिय तथा सर्वसुलभ, व्यवहारिक, सहभागितामुलक शिक्षा र प्रविधिमैत्रि शिक्षाको व्यवस्था हुनुपर्ने माग गर्दै कार्यक्रम गरिएको बिसिडिओका अध्यक्ष मानबहादुर ऐरले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

शिक्षाका लागि राष्ट्रिय अभियानको सहयोगमा भुमेश्वर सामुदायिक बिकास संघ (बिसिडिओ) को आयोजना तथा फोर्स नेपाल र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालसंगको सहकार्यमा कार्यक्रम गरेको ऐरले जानकारी दिए ।

कार्यक्रममा बाल्दै सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रेम सिंह भाटले सरकारले सामुदायिक बिद्यालयहरुको गुणस्तर सुधार दक्ष जनशक्ति र पुर्वाधारको व्यवस्थापन गर्न सके मात्रै शैक्षिक क्षेत्रमा सुधार हुने बताए ।  

बैशाख ११ गते देखी १३ गते सम्म् विभिन्न विद्यालयहरुबाट रुपान्तरणकारी शिक्षाका लागि विद्यार्थीहरुबाट पत्र संकलन गरिने र १४ गते प्रमुखजिल्ला अधिकारी मार्फत ति पत्रहरुलाई प्रधानमन्त्रीलाई बुझाइने  कार्यक्रम रहेको बिसिडिओका अध्यक्ष मान बहादुर ऐरले जानकारी दिए । 

प्रत्येक बर्ष अप्रिल २२ देखी २६ तारिख  सम्म यो अभियान सञ्चालन हुने गरेको छ । यस वर्ष रुपान्तरणकारी शिक्षा भन्ने नारा कायम गरिएको छ । यो  कार्यक्रम नेपालसहित विश्वका १५० भन्दा बढी राष्ट्रका नागरीक समाजहरुले मनाउने गरेका छन् ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update