Sagun Khabar
लागुऔषधसहित दार्चुलाका दुई युवक कञ्चनपुरमा पक्राउ
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला- लागुऔषधसहित दार्चुलाका दुई युवक कञ्चनपुरमा पक्राउ परेका छन् । १ ग्राम ८६० मिलिग्राम लागुऔषधसहित शनिबार दिउँसो प्रहरीले दुबै युवकलाई नियन्त्रणमा लिएको हो ।  

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा डेरा गरी बस्ने युवकालाई लागूऔषध नियन्त्रण ब्यूरो माहेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले कोठाभित्र चेकजाँच गर्दा लागुऔषध फेला परेपछि नियन्त्रणमा लिएको हो ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ घर भएका ३९ वर्षीय आनसिंह साउँद र ३१ वर्षीय गोबिन्द धामी लागुऔषधसहित पक्राउ परेका हुन् । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update