Sagun Khabar
बैतडीमा अज्ञात रोगले धमाधम बाख्रा मर्न थालेपछि किसानहरु चिन्तित 

बैतडी–बैतडीमा अज्ञात रोगले बाख्राहरु मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका १ जरकट्टेमा किसानहरुले पालेका बाख्राहरु अज्ञात रोगले धमाधम मर्न थालेका स्थानीय लोकेन्द्र टेरले जानकारी दिए । 

गएको फागुनदेखि बाख्रा मर्नथालेका र गएको १५ दिनदेखि भयावह रुपमा रोग फैलिएको टेरले बताए । अज्ञात रोगबाट आफूले पालेका ९ ओटा बाख्रा मरेका उनले बताए । 

Atrya hospital

बाख्राहरुमा झोक्राउने, पाखला लाग्ने, घ्यारघ्यार गर्ने लक्षणहरु देखापर्ने र त्यसपछि बाख्राहरु मर्ने गरेको टेरले बताए । स्थानीय पशु सेवा प्राविधिकलाई बोलाएर उपचार गराएपनि रोगको बारेमा केही पत्ता नलागेको किसानहरुले बताएका छन् । 

जरकट्ट टोलमा गएको १५ दिनमामात्रै झण्डै ४० बाख्रा मरीसकेका किसानहरुले बताएका छन् । बाख्राहरुमा देखिएको रोगका बारेमा नगरपालिका र भेटरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा खबर गरेको भएपनि कसैले चासो नदिएको किसानहरुले गुनासो गरेका छन् । 

पालेका बाख्राहरु धमाधम मर्न थालेपछि किसानहरुलाई समस्या भएको छ । बाख्रा मरेपछि स्थानीय किसानहरुलाई हजारौंको घाटा लागेको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update