Sagun Khabar
कञ्चनपुरमा भन्सार छलेर ल्याएको चिनी बरामद 

कञ्चनपुर –कञ्चनपुरमा पौने ३ लाख बराबरको चिनी बरामद गरिएको छ । बिहीबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१ भाँसीस्थित १८ वर्षीय बिक्की गुप्ताले भन्सार छली गरेर ल्याएको दुई लाख ७३ हजार बराबरको चिनी बरामद गरेको हो ।

४२ क्वीन्टल चिनी बरामद गरेर आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update