Sagun Khabar
सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री पालद्वारा पदभार ग्रहण 

कैलाली –सुदूरपश्चिम प्रदेशका नवनियुक्त आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले पदभार ग्रहण गरेका छन् । सोमवार मन्त्रीमा नियुक्त भएका पालले सोमबार नै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहण गर्दै मन्त्री पालले संविधान बमोजिम जनपक्षीय काम गर्ने प्रतिबद्धतासहितको पहिलो निर्णय गरेका छन् । पदभार ग्रहण गरेपछि मन्त्रालयका कर्मचारीसँगको परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री पालले संविधान र कानुनको परिधीभित्र रहेर सुधारात्मक काम गर्ने प्रतिबद्धता जनाएका हुन् । 

Atrya hospital

फेरिएको राजनीतिक समीकरण र परिस्थितीकाबीच एमाले पनि सरकारमा आएको बताउँदै उनले नयाँ जिम्मेवारी निर्वाह गर्न सबैको साथ र सहयोगको अपेक्षा रहेको बताए । 

अर्थतन्त्रमा विभिन्न चुनौती र समस्या रहेकाले चुनौतीहरुको सामाना गरेर अघि बढ्नुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको मन्त्री पालको भनाइ छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update