Sagun Khabar
बैतडीको एक घरमा आगलागी हुँदा ८ पशुचौपाया जलेर मरे 

बैतडी –बैतडी एक घरमा एक आगलागी हुँदा ८ पुशचौपाया जलेर मरेका छन् । जिल्लाको सिगास गाउँपालिका २ धौलाडीका सुरेन्द्रसिंह धामीको पत्थरले छाएको घरमा शुक्रबार दिउँसो २ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 

भैंसीका लागि कुडो पकाउन बालेको आगो नजिकै राखेको खरमा सल्केको र उक्त आगाले घरमा सल्किपछि पशुचौपायामा क्षति भएको हो । 

Atrya hospital

आगलागीबाट घरको तल्लो तला जलेर नष्ट भएको छ भने गोठमा बाधेका एक भैैंसी, एक हल गोरु र ५ बाख्रा जलेर मरेका छन् । यस्तै धामीको घरभित्र राखेको मकै, गहुँ र लत्ताकपडामा समेत क्षति पुगेको प्रहरी निरीक्षक केसीले जानकारी दिए । 

घरमा सल्केको आगो स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट ३ लाख बढीको क्षति भएको प्रारिम्भक अनुमान गरिएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update