Sagun Khabar
कञ्चनपुरमा श्रावण मसान्त सम्म निषेधाज्ञा थपियो 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा जारी निषेधाज्ञा साउन मसान्तसम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी निषेधाज्ञा खुकुलो पार्दै थप गरिएको जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले साउन ३२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । 

निषेधाज्ञा अवधिभर सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान, शैक्षिक संस्था, जात्रा, महोत्सव बाहेकका कार्य सञ्चालन गर्न सकिने जनाईएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update