Sagun Khabar
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

अमेरिकाको ४७औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी हुनुभएको छ । अहिलेकी उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराएर ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

जीतका लागि दुई सय ७० इलेक्टोरल मत चाहिनेमा रिपब्लिकन उम्मेदवार ट्रम्पले दुई सय ७९ इलेक्टोरल मत ल्याउनुभएको छ । कमला ह्यारिसले दुई सय २३ मत ल्याउनुभएको छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन कुल पाँच सय ३८ मतमध्ये कम्तीमा दुई सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ ।

Atrya hospital

यसअघि डोनाल्ड ट्रम्प सन् २०१६ मा पनि अमेरिकी राष्ट्रपति पदमा विजयी हुनुभएको थियो । त्यसबेला उहाँ हिलारी क्लिन्टनलाई हराउँदै पहिलो पटक अमेरिकाको राष्ट्रपति बन्नुभएको थियो । ट्रम्प सन् २०२० मा भने जो बाइडेनसँग पराजित हुनुभएको थियो ।

यसपटक अमेरिकामा इतिहासकै कडा प्रतिस्पर्धा हुने र अमेरिकी इतिहासमा पहिलो पटक महिला राष्ट्रपति चुनिने सम्भावना रहेको विश्लेषण भइरहेको थियो । तर डोनाल्ड ट्रम्पले सहजै चुनाव जित्नुभएको छ ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update