Sagun Khabar
सुदूरपश्चिममा उपनिर्वाचन गराउन खटिए पाँच जना निर्वाचन अधिकृतहरु

कैलाली- सुदूरपश्चिममा उपनिर्वाचन गराउन पाँच जना निर्वाचन अधिकृतहरु खटिएका छन्। यहाँ ६ पद रिक्त रहेका छन्।

रिक्त पदमा उपनिर्वाचन गराउन निर्वाचन अधिकृतहरु खटिएका  हुन। स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ५ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतको पदमा आयोगले नियुक्ति गरेको छ। आगामी मंसिंर १६ गते उपनिर्वाचन हुदैछ।

उपनिर्वाचनको लागि बझाङमा सुदर्शन लामिछाने, बाजुरामा संजिव पोखरेल, डोटीमा रुद्रमणी गिरी, दार्चुलामा पुष्पराज पाण्डे र कञ्चनपुरमा लिलाराज अधिकारीलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ। बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहूँ गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा वडा अध्यक्षको लागि उपनिर्वाचन हुँदैछ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा भने उपाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो। यता कैलाली जिल्ला समन्वय समिति प्रमुखको पद पनि रिक्त छ। १३ स्थानीय तह रहेको कैलालीमा जिससमा कुल मतभार २६ छ। कांग्रेससँग ८, नागरिक उन्मुक्ति पार्टीसँग ७, एमालेसँग ५, माओवादीसँग ४, नेकपा एकीकृत समाजवादीसँग १ र स्वतन्त्र १ गरी २६ मतभार छ। साथै स्थानीय तह उपनिर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा दलहरूले तयारी थालेका छन्। जनप्रतिनिधिहरूको निधनपछि सुदूरपश्चिममा ६ पदका लागि उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update