![दार्चुलामा ५ दिनको अवधिमा भीरबाट लडेर तीनजनाको मृत्यु](https://www.sagunkhabar.com/uploads/posts/23012961833death2020-09-22-03-01-361695880027.jpeg)
दार्चुला –दार्चुलामा भीरबाट लडेर ५ दिनको अवधिमा तीन जनाको मृत्यु भएको छ ।
शुक्रबार लेकम गाउँपालिका गाउँपालिका वडा नम्बर–३ गुमखोलीस्थित बसुनढुङ्गा भीरबाट लडेर २३ वर्षीय महेश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यस्तै मंसिर १८ गते शैल्यशिखर नगरपालिका वडा नम्बर–५ आगरकी की ३६ वर्षीया दुर्गा रावलको र १९ गते मालिकार्जुन –१ भर्तोलाका ४० वर्षीय देवसिंह बोहराको भिरबाट लडेर मृत्यु भएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१ ११:१५
प्रतिक्रिया दिनुहोस्