बैतडीको मेलौलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु 
                        
                        
                                                
                                             
                                                                    बैतडी –बैतडीको मेलौली नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।
मेलौली भगवतीको मैदानमा आजदेखि प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा मेलौली नगरपालिकाभित्रका माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।
नगर खेलकुद विकास समितिका अध्यक्ष सागर भण्डारीको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन सत्रमा नगर प्रमुख भीमबहादुर चन्द प्रमुख अतिथी रहेका थिए ।
प्रतियोगिता उद्दघाटन सत्रमा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द, पञ्चेश्वरका प्रवक्ता जनकबहादुर लगायतको उपस्थिती रहेको थियो ।
यस्तै प्रतियोगिता उद्दघाटन सत्रमा नगरपालिकाका जनप्रतिनिधि,कर्मचारी, विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो । 
 
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १८:५२
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    