पञ्चेश्वरमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड : सोमेश्वर माविले जित्यो उपाधि 
                        
                        
                                                
                                             
                                                                    बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सोमेश्वर माविले हात पारेको छ । पञ्चेश्वर गाउँपालिका–३ मडस्थित सोमेश्वर माविले १० स्वर्ण, ७ रजत र ४ कास्य पदक जित्दै उपाधि हात परेको हो ।
यस्तै ९ स्वर्ण, ४ रजत र ५ कास्य पदक जितेर कुलाउ मावि दोश्रो भएको छ भने ५ स्वर्ण, ५ रजत र ९ कास्य पदक जितेर जवलपुर मावि सैलोडा तेश्रो भएको छ ।
बुधबार सम्पन्न भएको प्रतियोगितामा पालिकाभरीका ९ ओटा विद्यालयको सहभागिता रहेको थियो । 
 
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १८:२३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                    