Sagun Khabar
कञ्चनपुरमा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु 

कञ्चनपुर – कञ्चनपुरमा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत तीन जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले बताए  ।

जिल्लाको भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरुष, भीमदत्त नगरपालिका भाँसीका ६० वर्षीय पुरुष र भीमदत्त नगरपालिका–११ का ४० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको डा. रोकायाले बताए  ।

स्वास्थ्य सन्देश
Atrya hospital

भेन्टिलेटर र आइसियूमा राखेर उपचार गराइरहेका तीन जनाको मृत्यु भएको र उनीहरुको शव नेपाली सेनाले व्यवस्थापन गरेको अस्पतालले जनाएको छ ।

हाल महाकाली अस्पतालमा २१ जना संक्रमितको उपचार भईरहेको छ । ती मध्ये ६ जनाको  आइसियू र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालका कोभीड सम्पर्क व्यक्ति डा. रोकायाले बताए  । 

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update