Sagun Khabar
कञ्चनपुरमा एक युवक मृत फेला 

कञ्चनपुर –कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् । जिल्लाको लालझाडी गाउँपालिका–४ सिलकट्टी जाई शिविरका ३५ वर्षीय युवक रामरेसर राना मृत फेला परेका हुन् । 

राना घर नजिकै मोटरघाट सडक छेउमै मृत फेला परेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माले साइकलसहित राना मृत भेटिएका बताए ।

Atrya hospital

मृतक रानाको निधारमा घाउ भएकाले कसैले कुटपिट वा हत्या गरेको भन्दै परिवारले निष्पक्ष छानबीनको माग अघि सारेका छन् । 

राना मंगलबार साँझ खाना खाएर घरबाट साइकलसहित निस्किएका थिए । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update